बिहीबार , भदौ २७ गते २०८१

ममता काफ्ले बेपत्ता भएको एक महिना पुगेपनी, अझै भेटिएको छैन ठोस प्रमाण

ममता काफ्ले बेपत्ता भएको एक महिना पुगेपनी, अझै भेटिएको छैन ठोस प्रमाण

अखबार दैनिक
बुधबार, भदौ १२ २०८१
  • ममता काफ्ले बेपत्ता भएको एक महिना पुगेपनी, अझै भेटिएको छैन ठोस प्रमाण

    अमेरिकास्थित भर्जिनियाको मनसास पार्क प्रहरीले उनको खोजी त गरिरहेको छ, तर ठोस उपलब्धि हासिल गर्न सकेको छैन ।उनका श्रीमान् नरेश भट्टमाथि हत्याको आरोप लागेको छ । अगस्ट २२ मा नरेशमाथि ममताको हत्या गरेर शव लुकाएको भभियोग लगाइएको थियो । उनी २३ अगस्ट र २६ अगस्ट गरी दुईपटक प्रिन्स विलियम अदालतमा उपस्थित भइसकेका छन् ।

    images

    नरेशले हत्याको आरोप निरन्तर अस्वीकार गर्दै आएका छन् । बरु आफैँ पीडित बनेको उनको दाबी छ । अर्कोतर्फ अनुसन्धान अधिकारीहरूले हत्याको संकेत गर्ने केही प्रमाणहरू फेला पारे पनि ठोस प्रमाण भेटाउन सकेका छैनन् ।

    मानासस पार्कका प्रहरी प्रमुख मारियो लुगोले आफूहरूले सक्रियरूपमा ममताको खोजी गरिरहेको बताएका छन् । उनले आफूहरूले थप प्रमाणहरू फेला पारेको पनि बताएका छन् । नयाँ प्रमाणबारे खोल्न नमिल्ने बताए ।

    मानासस पार्कका प्रहरी प्रमुखले आफूहरूले एफबीआई, भन्सार सीमा गस्तीको टोली र जासुसी निकायसँग मिलेर अनुसन्धान गरिरहेको बताएका छन् । मंगलबार अदालतका सुनुवाइका क्रममा महेशले ममता बेपत्ता हुनु केही महिना अगाडि श्रीमतीको मृत्युपछि विवाह गर्न कति समय लाग्छ भनेर गुगलमा खोजेको पाइएको तथ्य बाहिरिएको थियो । उनले आफूले काम गर्ने सरकारी कार्यालयको कम्प्युटरमा श्रीमतीको मृत्यु भएपछि विवाह गर्न कति समय लाग्छ भनेर खोजेको पाइएको जनाइएको छ ।

    अदालतमा अभियोजकहरूले नरेशले चान्टिलीको वालमार्टबाट तीनवटा चक्कु खरिद गरेको प्रमाण आफूहरूसँग रहेको पनि बताएका छन् । गत हप्तामात्र अनुसन्धान अधिकारीहरूले उनको उत्तरी भर्जिनियाको घरमा खानतलासी गर्दा ममताको हत्या गरिएको संकेत भेटाएका थिए । अदालतमा अभियोजनकर्ता सारा सामीले मास्टर बेडरुम र बाथरुममा देखिएको रगतको मात्राले ममता अब जीवित नरहेको संकेत गर्ने बताएकी थिइन् । परीक्षणबाट उनीहरूको घरमा भेटिएको रगत ममताको होरहोइन भन्ने पुष्टि हुन सकेको छैन । तर, प्रारम्भिक परीक्षणमा मानव रगत भएको निष्कर्ष निकालिएको छ ।

    ममता आफ्ना साथीहरू र परिवारसँग नियमितरूपमा सम्पर्कमै रहन्थिन् । उनी सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय थिइन् । तर, जुलाई २९ मा उनको फोन बन्द भयो । त्यसपछि अन्तिमपटक अगस्ट १ मा उनको फोन लोकेट गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ