शुक्रबार, मंसिर १४ गते २०८१

प्रचण्डले भने, “तपाईंहरू मिलेर सरकार चलाउनुहोला,बीचमै ‘लौन प्रचण्डजी’ भन्न नआउनुहोला ”

प्रचण्डले भने, “तपाईंहरू मिलेर सरकार चलाउनुहोला,बीचमै ‘लौन प्रचण्डजी’ भन्न नआउनुहोला ”

अखबार दैनिक
मंगलबार, भदौ ११ २०८१
  • प्रचण्डले भने, “तपाईंहरू मिलेर सरकार चलाउनुहोला,बीचमै ‘लौन प्रचण्डजी’ भन्न नआउनुहोला ”

    काठमाडौं । नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस र नेकपा एमालेलाई मिलेर सत्ता चलाउन आग्रह गरेका छन् । प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतमा मंगलबार संसद्‌मा बोलेका उनले आफू सत्ताको खेलबाट बाहिर गएर ‘आन्दोलन’तिर लागेको बताए ।

    images

    प्रचण्ड अब सत्ताको खेलमा छैन । हामी आन्दोलनको पुनर्स्थापनामार्फत अर्कोपटक एक्लै सरकारको नेतृत्व गर्ने पक्षमा लागेका छौँ,” उनले भने, “तपाईंहरू मिलेर सरकार चलाउनुहोला । बीचमै ‘लौन प्रचण्डजी’ भन्न नआउनुहोला ।”

    प्रतिपक्षमा बसेर पनि सरकारका राम्रा कामको समर्थन गर्ने उनको भनाइ थियो । आफू खबरदारीका निम्ति मात्र रोस्ट्रममा उभिएको भन्दै उनले यसलाई कर्मकाण्ड नसोच्न चेतावनी दिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार