शुक्रबार, मंसिर १४ गते २०८१

नेपाली चियाको बजारीकरणका लागि भारतीय बजारको विकल्प खोज्नुपर्छ : कृषिमन्त्री

नेपाली चियाको बजारीकरणका लागि भारतीय बजारको विकल्प खोज्नुपर्छ : कृषिमन्त्री

अखबार दैनिक
मंगलबार, भदौ ११ २०८१
  • नेपाली चियाको बजारीकरणका लागि भारतीय बजारको विकल्प खोज्नुपर्छ  : कृषिमन्त्री

    काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाली चियाको बजारीकरणका लागि भारतीय बजारको विकल्प खोज्नुपर्ने बताएका छन् ।काठमाडौंमा मंगलबार ‘नेपाली चियाका चुनौती’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले चियाको पहिलो निर्यात बजार भारत भएको तर भारत आफैं चियाको ठूलो उत्पादक भएकोले नेपाली चियालाई उचित मूल्य नदिने गरेको बताए ।

    images

    ‘अब नेपाली चियाको बजारीकरणका लागि भारतीय बजारको विकल्प खोज्नुपर्ने हुन्छ । यसका लागि चियाको अक्सन विकल्प हुनसक्ने महसुस मैले गरेको छु । नेपालमा चिया अक्सन केन्द्रलाई सञ्चालनमा ल्याउन सरकारले पहल गर्छ,’ उनले भने ।

    नेपाली नागरिकलाई उच्च गुणस्तरको चियाका बारेमा यस्तो कार्यक्रमले जागरुकता पैदा गर्नुका साथै स्वदेशमा उत्पादित चियाको उपभोगलाई प्रोत्साहन गर्ने र बलियो राष्ट्रिय बजार निर्माण गर्न मद्दत पुग्ने विश्वास उनको थियो ।

    नेपाली उत्पादनलाई आन्तरिक बजारमा खपत वृद्धि गर्न आवश्यक रहेको भन्दै उनले नेपालमा चिया अक्सन केन्द्रलाई सञ्चालनमा ल्याउन पहल गर्ने उनको प्रतिवद्धता थियो । स्वदेशमा उत्पादित चियाको उपभोगलाई प्रोत्साहन गर्न जरुरी रहेको भन्दै उनले  निजी क्षेत्रलाई चिया प्रशोधन र प्याकेजिङमा लगानी र प्रोत्साहन गर्न सरकार सदैव तयार रहेको बताए । मन्त्री अधिकारीले नेपालको अर्थोडक्स चिया उत्पादन मात्रै नभइ सम्पदा भएकाले सबैले माया र प्रवर्द्धन गर्न सक्नुपर्ने बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार