शुक्रबार, मंसिर १४ गते २०८१

प्रस्तावित राजदूतहरूको सुनुवाइ भदौ १४ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ भदौ १४ देखि

अखबार दैनिक
मंगलबार, भदौ ११ २०८१
  • प्रस्तावित राजदूतहरूको सुनुवाइ भदौ १४ देखि

    संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरूको सुनुवाइ भदौ १६ देखि सुरु गर्ने भएकाे छ। मंगलबार बसेकाे समितिकाे बैठकले उजुरी बाँडेर सुनुवाइको कार्यतालिका बनाएको हो।

    images

    समितिले विभिन्न देशका लागि नेपाली राजदूत पदमा प्रस्तावित व्यक्तिहरूविरुद्ध प्राप्त उजुरी तथा सूचनाहरू आज समिति सदस्यहरूलाई वितरण गरेकाे थियाे। उजुरी तथा सूचनाहरू वितरणपश्चात् कार्यतालिका तयार पारिएकाे संसद सचिवालयले जनाएकाे छ। भदाै १६ देखि प्रस्तावित राजदूतहरूको सुनुवाइ सुरु गरी भदौ २३ सम्म सक्ने समितिले जनाएकाे छ। निर्णय भने २४ भदाैमा सुनाइनेछ।

    प्रस्तावित राजदूतविरुद्ध  ९ वटा उजुरी परेका छन्। सुनुवाइ समितिले साउन ३० गते प्रस्तावित १७ जना राजदूतविरुद्ध १० दिने उजुरी आह्वान गरेको थियो। साउन १४ गतेको मन्त्रिपरिषद्को बैठकले १७ देशमा राजदूत सिफारिस गरेको थियो।

    सरकारले शंकरप्रसाद शर्मालाई भारत, नरेशविक्रम ढकाललाई साउदी अरब, प्रा डा कपिलमान श्रेष्ठलाई दक्षिण अफ्रिका, प्रा. धनप्रसाद पण्डितलाई इजरायल, रामकृष्ण भट्टराईलाई श्रीलङ्का, सनिल नेपाललाई स्पेन, शैल रुपाखेतीलाई जर्मनी, लोकदर्शन रेग्मीलाई संयुक्त राज्य अमेरिका, चन्द्रकुमार घिमिरेलाई बेलायत, डा. शिवमाया तुम्बाहाङ्फेलाई दक्षिण कोरिया, जङ्गबहादुर चौहानलाई रुस, रमेशचन्द्र पौडेललाई कतार, प्राडा कृष्णप्रसाद ओलीलाई चीन, सुम्निमा तुलाधरलाई डेनमार्क, डा. नेत्रप्रसाद तिमल्सिनालाई मलेसिया, प्रकाशमणि पौडेललाई पोर्चुगल र रीता धिताललाई पाकिस्तानका लागि राजदूतमा सिफारिस गरेको हाे। समितिको अर्को बैठक भदौ १४ गते बोलाइएको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार