काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । आज छापावाला सुन प्रतितोला १ लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार पनि सुनको मूल्य तोलामा १ लाख ५२ हजार ३०० रुपैयाँ नै कारोबार भएको थियो । गत बुधबार सुनको मूल्य हालसम्मकै उच्च थियो । बुधबार सुनको मूल्य तोलाको १ लाख ५३ हजार रुपैयाँ कायम थियो ।
यसैगरी, आज चाँदीको मूल्य तोलाको १ हजार ८५० रुपैयाँ कायम भएको छ । सोमबार भने यसको मूल्य प्रतितोला १ हजार ८४० रुपैयाँ थियो ।