शुक्रबार, मंसिर १४ गते २०८१

प्रतिनिधिसभाको बैठक बस्दै,सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्रीहरू

प्रतिनिधिसभाको बैठक बस्दै,सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्रीहरू

अखबार दैनिक
मंगलबार, भदौ ११ २०८१
  • प्रतिनिधिसभाको बैठक बस्दै,सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्रीहरू

    काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ । बैठकमा स्वास्थ्य तथा जनसंख्या, वन तथा वातावरण र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ । 

    images

    बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची छ । 

    प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले प्रतिनिधिसभामा उत्पति भएको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश जानकारी गराउने कार्यसूची छ । 

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’ प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । सभामुखले पूर्वसांसद् तथा राज्यमन्त्री रामचन्द्र राय यादवको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार