बुटवलको डेल्टा मार्ट परिसरमा आइतबार देखि सुरु गर्न लागिएको दोस्रो जुत्ताचप्पल व्यापार मेलामा तोडफोड तथा हातपात गरिएको छ । मेलास्थलमा पुगेको एक समूहले त्यहाँ राखिएको ब्यानर र स्टल तोडफोड गर्नुका साथै कर्मचारीमाथि हातपात गरेको हो । नेपाली लुगाघरको आयोजनामा दसैँसम्म मेला लाग्ने बताइएको थियो ।
उक्त मेला रोक्न रुपन्देही व्यापार संघले दबाब दिँदै आएको समयमा तोडफोड र हातपात गरिएको छ । आइतबार बिहान करिब ९ बजेको समयमा आएका २५/३० जनाको समूहले मेलास्थलका बोर्ड र स्टल तोडफोड गर्नुका साथै त्यहाँ कार्यरत व्यक्तिमाथि समेत हातपात गरेका थिए ।
त्यहाँ पुगेको समूहले मेला बन्द गर्नुपर्ने भन्दै तोडफोड गरेको थियो । न्युज एजेन्सी नेपाल