सोमबार, भदौ ३१ गते २०८१

भारतको बिहारमा ४३ जना नेपाली तीर्थयात्री सवार बस दुर्घटना, दर्जनौँ घाइते

भारतको बिहारमा ४३ जना नेपाली तीर्थयात्री सवार बस दुर्घटना, दर्जनौँ घाइते

अखबार दैनिक
आइतबार, भदौ ९ २०८१
  • भारतको बिहारमा ४३ जना नेपाली तीर्थयात्री सवार बस दुर्घटना, दर्जनौँ घाइते

    काठमाडौँ । भारत बिहारको समस्तीपुर जिल्लामा नेपालीहरू सवार बस दुर्घटना भएको छ । दुर्घटनामा कम्तीमा ३० भन्दा बढी घाइते भएका छन् ।

    images

    ४३ जना सवार ना ७ ख ६४४६ नम्बरको उक्त बसलाई शनिबार राति पछाडिबाट एक ट्रकले ठक्कर दिएको र अनियन्त्रित भएर पल्टिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतका विभिन्न अनलाइनहरूले लेखेका समाचार अनुसार दुर्घटनामा तीन दर्जन यात्री घाइते भएका छन् । एक किशोरसहित पाँच जनाको अवस्था गम्भीर छ । घाइतेहरूको उपचार मुसरीघरारी अस्पताल र निजी क्लिनिकहरूमा भइरहेको छ ।

    सडक किनारमा पल्टिएको बसलाई क्रेनको सहायताले उठाइएको छ । ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ । एसएपी सञ्जय पाण्डेका अनुसार घाइतेहरू नेपालको बारा जिल्ला निवासी हुन् । उनीहरू जल चढाउनका लागि झारखण्डको देवघर तीर्थका लागि जाँदै गर्दा दुर्घटनामा परेको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ