श्रीनाथ पौडेलले भने, ‘दरको नाममा अगाडिदेखि होटल, पार्टी प्यालेस बुकिङ गरेर एक हजार/पन्ध्र सयको टिकट बिक्री गर्ने तयारी गरेको पाइयो, गत वर्षमा पनि भड्किलो गरी दर खाएको देखिन्थ्यो तर यस पटक भने त्यो रोक्न सूचना निकालिएको हो ।’
दर र तीजलाई भड्किलो नबनाउन कतिपय सामाजिक अभियान्ता तथा संघसंस्थाले जिल्ला प्रशासन कार्यालयमा निवेदन नै दिएका थिए भने थुप्रै संघसंस्था तथा व्यक्तिहरुले अनौपचारिक रुपमा भनेका थिए ।
सूचना अटेर गरे कानुनअनुसार कारबाही हुने पौडेलले बताए । सामाजिक अभियान्ता अञ्जु क्षेत्रीले भड्किलो तीज मनाउने प्रवृत्ति रोक्न जिल्ला प्रशासन कार्यालय र प्रदेश सरकारलाई औपचारिक रुपमै निवेदनमार्फत ध्यानाकर्षण गराएको बताइन् ।