बिहीबार , भदौ २७ गते २०८१

मर्स्याङ्दी‍ बस दुर्घटना : सेनाको मेडिकल टिम हेलिकोप्टरबाट दुर्घटनास्थलतर्फ

मर्स्याङ्दी‍ बस दुर्घटना : सेनाको मेडिकल टिम हेलिकोप्टरबाट दुर्घटनास्थलतर्फ

अखबार दैनिक
शुक्रबार, भदौ ७ २०८१
  • मर्स्याङ्दी‍ बस दुर्घटना : सेनाको मेडिकल टिम हेलिकोप्टरबाट दुर्घटनास्थलतर्फ

    काठमाडौं । तनहुँस्थित मर्स्याङ्दी नदीमा खसेको बसका घाइतेको उपचारका लागि नेपाली सेनाको मेडिकल टिम दुर्घटनास्थलतर्फ गएको छ । एमाआई–१७ हेलिकोप्टर मेडिकल टिमलाई लिएर काठमाडौंबाट दुर्घटनास्थलतर्फ गएको नेपाली सेनाले जनाएको छ । 

    images

    शुक्रबार बिहान पोखरा हुँदै काठमाडौं आउँदै गरेको यूपी ५३ एसटी ७६२३ नम्बरको बस तनहुँको आँबुखैरेनीबाट मर्स्याङ्दी नदीमा खसेको थियो ।

    मर्स्याङ्दी नदीमा खसेको बसबाट १४ जनाको शव फेला परेको छ । १६ जनाको जीवितै उद्धार गरेर स्थानीय अस्पताल पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । बसमा ४१ यात्रु सवार रहेको खुलेको छ । यात्रुबारे थप विवरण आउन बाँकी छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ