आइतबार, मंसिर ९ गते २०८१

मर्स्याङ्दीमा खसेको बसका सबै यात्रु भारतीय

मर्स्याङ्दीमा खसेको बसका सबै यात्रु भारतीय

अखबार दैनिक
शुक्रबार, भदौ ७ २०८१
  • मर्स्याङ्दीमा खसेको बसका सबै यात्रु भारतीय

    तनहुँको आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बसमा सवार सबै यात्रु भारतीय भएको खुलेको छ। कास्की प्रहरी प्रमुख मोहन थापाका अनुसार, उनीहरू भारतको गोरखपुरबाट नेपाल आएका थिए। गत भदौ ५ गते उनीहरू गोरखपुरबाट पोखरा आएका थिए। उनीहरू पोखरास्थित मझेरी रिसोर्टमा बसेका थिए।

    images

    बुधबार र बिहीबार उक्त रिसोर्टमा बसेर उनीहरू शुक्रबार बिहान काठमाडौँका लागि हिँडेका थिए। यात्राकै क्रममा उनीहरू आबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको थियो। प्रहरीका अनुसार, अहिलेसम्म १४ जनाको शव भेटिएको छ। अन्य १६ जना घाइतेको उद्धार गरेर अस्पतालतर्फ पठाइएको छ। अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली पुगेर घटनास्थलमा उद्धार कार्य जारी राखेको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार