काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको हो । बिहीबार तोलामा १ लाख ५१ हजार ९०० सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ५०० रुपैयाँले घटेर प्रतितोला १ लाख ५१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी, आज चाँदीको मूल्य तोलाको १ हजार ८१५ रुपैयाँमा कायम भएको छ । बिहीबार भने यसको मूल्य प्रतितोला १ हजार ८३० रुपैयाँ थियो ।