शुक्रबार, मंसिर १४ गते २०८१

सहकारी छानबिन समितिले बयानका लागि रवि लामिछानेलाई बोलायो

सहकारी छानबिन समितिले बयानका लागि रवि लामिछानेलाई बोलायो

अखबार दैनिक
बिहीबार , भदौ ६ २०८१
  • सहकारी छानबिन समितिले बयानका लागि रवि लामिछानेलाई बोलायो

    काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय विशेष समितिले भोलि (शुक्रबार) रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र उनका पूर्व सहकर्मीलाई बयानमा बोलाएको छ । 

    images

    लामिछानेलाई सूर्यदर्शन, सानोपाइलालगायत सहकारीको बचत रकम लामिछाने र गोर्खा मिडियामा गएको सन्दर्भमा सोधपुछका लागि बोलाइएको हो । लामिछानेलाई गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशकको हैसियतमा बयानका लागि बोलाइएको समितिका सभापति सूर्य थापाले जानकारी दिएका छन् । उनलाई समितिले भोलि दिउँसो २ बजे बयानका लागि बोलाएको छ ।

    यस्तै नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी बन्जाडेलाई पनि बयानका लागि बोलाइएको छ । सूर्यदर्शन, सानोपाइलालगायत सहकारीको बचत रकम लामिछाने र गोर्खा मिडियामा गएको सन्दर्भमा सोधपुछका लागि समितिले दुवैलाई बोलाएको छ । छविलाल जीबी राईका व्यापारिक साझेदार समेत हुन् ।

    जोशीलाई गोरखा मिडिया नेटवर्कको सञ्चालकका हैसियतमा बयानका लागि बोलाइएको समितिका सभापति सूर्य थापाले जानकारी दिएका छन् । उनलाई समितिले भोलि बिहान ११ बजे बयानका लागि बोलाएको छ । गोरखा मिडिया नेटवर्कमा जीबी राई, रवि लामिछाने र छविलाल जोशी सञ्चालक थिए । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार