शुक्रबार, मंसिर १४ गते २०८१

प्रधानमन्त्री ओलीले भने– विश्वविद्यालयमा अशान्ति आफैँ गराउने अनि शान्ति भएन भन्ने ?

प्रधानमन्त्री ओलीले भने– विश्वविद्यालयमा अशान्ति आफैँ गराउने अनि शान्ति भएन भन्ने ?

अखबार दैनिक
बिहीबार , भदौ ६ २०८१
  • प्रधानमन्त्री ओलीले भने– विश्वविद्यालयमा अशान्ति आफैँ गराउने अनि शान्ति भएन भन्ने ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आफैँ ताला लगाउने अनि पढाइ भएन भन्ने ?’ भन्दै प्रतिप्रश्न गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदले सोधेका प्रश्नको जवाफ दिने क्रममा उनले विश्वविद्यालयमा अशान्ति गराइएको भन्दै आपत्ति जनाए ।

    images

    “ताला अरूले लगाउन आउने त होइन, आफैँ ताला लगाउने अनि पढाइ भएन भन्ने ? विद्यालय, विश्वविद्यालय, महाविद्यालय शान्तिक्षेत्र हुनुपर्ने,” प्रधानमन्त्री ओलीले भने, “ती ठाउँमा अशान्ति आफैँ गराउने अनि फेरि शान्ति भएन भन्ने ? त्यस्ता तरिका हरेकले छोड्नुपर्छ ।”

    उनले व्यवस्थापन, शिक्षक, अभिभावकलगायत हरेक पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिए । शिक्षा क्षेत्रका समस्या समाधानका निम्ति जिम्मेवार भएर लाग्नुपर्ने उनले उल्लेख गरे ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार