काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई गल्ती गर्ने छुट नभएको बताएका छन्। बिहीबार प्रतिनिधि सभा बैठकमा सांसदसँग प्रश्नोत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। उनले आफुहरुलाई गल्ती गर्ने, अन्यौल र प्रतिफल नदेखिनेगरी काम गर्ने कुनै छुट नभएको बताए ।
उनले भने,"हामीलाई कुनै गल्ती गर्ने, अन्यौल र प्रतिफल नदेखिनेगरी काम गर्ने कुनै छुट छैन। हामी गरिबीको दुश्चक्रमा छौँ। २० प्रतिशतभन्दा बढी जनता गरिबीको रेखामुनि छन्,"। उनले नेपाल विकसित राष्ट्र बन्नेतर्फ उन्मुख हुँदै गएको पनि दाबी गरे।