काठमाडौं । साताको अन्तिम कारोबारमा बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ । आज बजार ६.०१ ले बढेर २९७४.४६ बिन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । बिहीबार बजारमा १९ अर्ब १६ करोड ६ लाख रुपैयाँको कारोबार भएको छ। आज १३२ कम्पनीको सेयर मूल्य बढेको छ भने १०९ कम्पनीको सेयर मूल्य घटेको छ । बाकी ३ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।
बैंकिङ ०.१७, फाइनान्स १.२३, होटल तथा पर्यटन १.३१, हाइड्रोपावर ०.५५, जीवन बीमा ०.२८ प्रतिशत बढे । ब्यापार १.५५, अन्य ०.३०, निर्जीवन बीमा १.१२, उत्पादन ०.५६ र लगानी समूह १.०८ प्रतिशत घटे ।