शुक्रबार, मंसिर १४ गते २०८१

भ्रष्टाचारको अनुसन्धानमा हदम्याद लागू हुने छैन : रवि लामिछाने

भ्रष्टाचारको अनुसन्धानमा हदम्याद लागू हुने छैन : रवि लामिछाने

अखबार दैनिक
बिहीबार , भदौ ६ २०८१
  • भ्रष्टाचारको अनुसन्धानमा हदम्याद लागू हुने छैन : रवि लामिछाने

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको अनुसन्धानमा ५ वर्षे हदम्याद राख्ने प्रस्तावित व्यवस्था आफूहरुलाई मान्य नरहेको बताएका छन् । बिहीबार प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले आफ्नो पार्टी भ्रष्टाचारको अनुसन्धानमा हदम्याद राख्ने पक्षमा नरहेको बताका हुन् ।

    images

    ‘भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद मान्य हुने छैन । नो इफ, नो बट । हाम्रो कुरा क्लियर कट । भ्रष्टाचारको अनुसन्धानमा हदम्याद लागू हुने छैन’, उनले भने ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार