शुक्रबार, मंसिर १४ गते २०८१

प्रतिनिधिसभाको बैठकमा आज प्रधानमन्त्रीले सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने

प्रतिनिधिसभाको बैठकमा आज प्रधानमन्त्रीले सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने

अखबार दैनिक
बिहीबार , भदौ ६ २०८१
  • प्रतिनिधिसभाको बैठकमा आज प्रधानमन्त्रीले सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने

    काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्न लागेको हो । प्रतिनिधिसभाको बैठकमा दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ 

    images

    बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरूले सोधेको प्रश्नको जवाफ दिनेछन् । त्यस्तै सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची छ । 

    सांसद तोसिमा कार्कीले हैजा महामारीका कारण निम्तिनसक्ने स्वास्थ्य संकटकालको पूर्वानुमान, नियन्त्रण र द्रुत प्रतिकार्यलाई प्रभावकारी बनाउन स्वास्थ्य तथा जनसंख्यामन्त्रीको ध्यानाकर्षण गराउने कार्यसूचीमा उल्लेख छ । धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने पनि कार्यसूचीमा उल्लेख छ । 

    उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ र आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार