शुक्रबार, मंसिर १४ गते २०८१

सरकारमा झन्डा हल्लाउन आएका होइनौँ : प्रधानमन्त्री

सरकारमा झन्डा हल्लाउन आएका होइनौँ : प्रधानमन्त्री

अखबार दैनिक
बुधबार, भदौ ५ २०८१
  • सरकारमा झन्डा हल्लाउन आएका होइनौँ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साना–साना पुँजीबाट उत्पादन वृद्धि हुने धेरै उद्योग स्थापना र विस्तार गर्नुपर्ने बताएका छन् । 

    images

    ‘स्टार्ट अप नेशन–२०३०’ कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नवीन र सिर्जनशील सोचका साथ युवा र महिलाले कामका लागि विदेश नगइ स्वदेशमै रोजगारी र आयका अवसर खोज्न सक्ने बताए । आन्तरिक उत्पादनबाट आयात विस्थापन गर्न, गरिबी घटाउन, राष्ट्रिय आत्मविश्वास वृद्धि गर्न र दिगो विकासका लक्ष्य हासिल गर्न युवा उद्यमशीलतालाई विस्तार गर्नुपर्ने मा उनको जोड छ । 

    यस्ता उद्यमलाई सम्पत्ति राखेर नभइ परियोजनाका आधारमा बैंकले ऋण दिनुपर्ने भन्दै प्रधानमन्त्री ओलीले केही ठग तत्वहरु छिरेर समग्र सहकारीलाई बदनाम गर्न खोजे पनि सरकारले सहकारीलाई राम्रोसँग अगाडि बढाउने बताए ।  

    “हामीले प्रविधि, सीप र पुँजीका आधारमा सिंगो देशलाई उत्पादनमा परिणाम देखिने गरी उद्यमशीलता वृद्धि गर्नुपर्नेछ । सरकारले लगानी गरेका कुनै पनि स्टार्टअप असफल हुनुहुन्न,” उनले भने । 

    यसलाई अभियानका रूपमा लैजानुपर्नेमा उनको भनाइ छ । देशको समृद्धिका लागि सरकारले निजी क्षेत्रलाई गर्नुपर्ने सहजीकरणमा कमी हुन नदिने उनको प्रतिबद्धता छ । प्रधानमन्त्री ओलीले भने, “हामी सरकारमा झन्डा हल्लाउन आएका होइनौँ । यो उमेरमा मलाई फेरि प्रधानमन्त्री हुनु थिएन । केही गर्नका लागि जिम्मेवारीमा आएको हो ।” रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ