काठमाडौं । पाकिस्तानी तीर्थालुहरु बोकेको एक बस इरानमा पल्टिदा २८ जनाको ज्यान गएको छ ।बेलायती विश्व च्यानल बीबीसीका अनुसार मङ्गलवार इरानको मध्य भागको प्रान्त यात्जमा दुर्घटना हुनुको कारण ब्रेक प्रणालीको खराबी भएको बताइएको छ ।
इरानी सरकारी मिडियाहरूलाई साभार गरेर बीबीसीले उल्लेख गरे अनुसार दुर्घटनामा २३ जना घाइते भएका छन् । शिया मुसलमानहरूले मनाउने प्रमुख चाडको लागि इराकमा भएको धार्मिक धाम कार्बलामा जाने क्रममा त्यस्तो दुर्घटना भएको बताइएको छ ।
बीबीसीले इरानमा सवारी दुर्घटनाबाट ज्यान जानेको संख्या धेरै भएको बताउँदै वर्षमा औसत २० हजार जनाको ज्यान जाने उल्लेख गरेको छ ।