आइतबार, मंसिर ९ गते २०८१

बाग्मती नदीमा बढ्यो पानिको बहाव,उच्च सतर्कता अपनाउन आग्रह

बाग्मती नदीमा बढ्यो पानिको बहाव,उच्च सतर्कता अपनाउन आग्रह

अखबार दैनिक
बुधबार, भदौ ५ २०८१
  • बाग्मती नदीमा बढ्यो पानिको बहाव,उच्च सतर्कता अपनाउन आग्रह

    काठमाडौं । काठमाडौको बाग्मती नदी गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । पानिको बहाव बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा रहेकाहरू र बाग्मती कोरिडोर भई यात्रा गर्नेहरूले उच्च सतर्कता अपनाउन जल तथा मौसम विभागले आग्रह गरेको छ।

    images

    देशका विभिन्न स्थान सहित काठमाडौंमा गएरातिदेखि नै वर्षा भइरहेको छ जसका कारण नदिहरमा पानिको बहाव बढ्नुका साथै खोलाहरुमा बाढी आएको छ । 

    मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ रहेका कारण देशका धेरै स्थानमा वर्षा भइरहेको छ । न्यूनचापीय रेखा सरदर स्थानबाट उत्तरतर्फ सर्दा मनसुन थप सक्रिय भएर भारी वर्षा हुन्छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार