शुक्रबार, मंसिर १४ गते २०८१

विश्वविद्यालय पदाधिकारीलाई धम्की आएको भन्दै शिक्षामन्त्रीले मागिन् सुरक्षा

विश्वविद्यालय पदाधिकारीलाई धम्की आएको भन्दै शिक्षामन्त्रीले मागिन् सुरक्षा

अखबार दैनिक
बुधबार, भदौ ५ २०८१
  • विश्वविद्यालय पदाधिकारीलाई धम्की आएको भन्दै शिक्षामन्त्रीले मागिन् सुरक्षा

    त्रिभुवन पदाधिकारीलाई धम्की आएको भन्दै शिक्षामन्त्री विद्या भट्टराईले सुरक्षा माग गरेकी छन् । पदाधिकारीलाई फोन गरेर धम्की आएको भन्दै उनले सामाजिक सञ्जाल एक्स (साबिक ट्विटर) मार्फत सुरक्षा माग गरेकी हुन् ।

    images

    ट्विटर भट्टराईले लेखेकी छिन, ‘त्रिभुवन विश्वविद्यालयमा केहि दिनदेखि पदाधिकारीहरूमाथि हमला गर्न खोज्नु र प्राध्यापकहरू लाई फोन गर्दै धम्की दिने गरेको कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको छ । त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न म गृहमन्त्रीसँग जोडदार माग गर्दछु ।’ उनले थपेकी छन्, ‘यहाँहरूले मलाई आवश्यक सुझाव दिनु भएकोमा आभारी छु । मैले सार्वजनिक अपिल गर्नुपर्ने भएर नै गरेको हो कुनै आवेगमा आएर लेखेको होइन । मैले ५ दिनदेखि लगातार सम्पर्क र समन्वय गरेको कुरा समेत जानकारी गराउन चाहन्छु ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार