भारतको कोलकातामा प्रशिक्षार्थी डाक्टरको बलात्कारको हत्याको विरोधमा देशभरका डाक्टरहरूको प्रदर्शन आइतबार नवौँ दिन पनि जारी रहेको छ । घटनाबारे अनुसन्धान गरिरहेको सीबीआईका अनुसार अहिले आरोपित सञ्जयको मानसिक परीक्षण भइरहेको छ । सन्ट्रल फोरेन्सिक साइन्स लेबोरेटरी (सीएफएसएल) बाट मनोवैज्ञानिक र व्यवहार विश्लेषणका ५ सदस्यीय टोलीले यो परीक्षण गरिरहेको छ । यो परीक्षणबाट जघन्य अपराधबारे सञ्जयको मानसिकता के थियो भन्ने पत्ता लाग्नेछ ।
यता, कोलकाता प्रहरीले भाजपाकी पूर्व सांसद लकेट चटर्जीविरुद्ध मुद्दा दर्ता गरेको छ । चटर्जीमाथि प्रदर्शनका दौरान पीडितको पहिचान उजागर गरेको आरोप छ । उनलाई सोधपुछका लागि बोलाइएको छ ।
त्यस्तै, प्रहरीले घटनाबारे अफवाह र फर्जी खबर फैलाएको आरोपमा टीएमसी पार्टीका सांसद सुखेन्दू शेखरलाई पनि सोधपुछका लागि बेलाएको छ । गत ९ अगस्तमा कोलकाता के आरजी कर मेडिकल कलेजमा प्रशिक्षार्थी डाक्टरको बलात्कार पछि हत्या भएको थियो । १४ अगस्तमा अस्पतालमा तोडफोड भएको थियो । घटनापछि डाक्टरहरू प्रदर्शनमा उत्रिएका छन् । एजेन्सी