आइतबार, मंसिर ९ गते २०८१

गोसाईंकुण्डमा पहिलो पुग्यो बिजुली

गोसाईंकुण्डमा पहिलो पुग्यो बिजुली

अखबार दैनिक
आइतबार, भदौ २ २०८१
  • गोसाईंकुण्डमा पहिलो पुग्यो बिजुली

    ४ हजार ३ सय ८० मिटर को उचाइमा रहेको पवित्र तीर्थस्थल गोसाईंकुण्डमा पहिलो पटक बिजुली बत्ती पुगेको छ । गोसाईंकुण्डमा पुग्ने भक्तजनहरूलाई रातको समयमा उज्यालोको व्यवस्था गर्ने उद्देश्यले बत्ती लगेपछि तिर्थालु र त्यस क्षेत्रका होटेल व्यवसायीहरू खुसी भएका छन् ।

    images

    नेपाल विद्युत प्राधिकरण रसुवा शाखाका प्रमुख सन्जिप भट्टराईले २०३८ सालमा जिल्लामा विद्युत सेवा विस्तार भएपछि गोसाईंकुण्डमा भने पहिलो पटक साउन ३२ गते विद्युत लाइन सञ्चालन गरिएको हो ।

    गणेश गौडा बुद्ध मन्दिर र गोसाईंकुण्डमा २ सय बत्ती पुगेको छ । जिल्ला प्रशासन कार्यालय, लाङटाङ राष्ट्रिय निकुञ्ज,गोसाईंकुण्ड गाउँपालिका,नागरिक समाज र अन्य सरोकारवाला निकाय तथा स्थानीय को सहयोगमा बत्ती बाल्न सफल भएको बताइएको छ ।

    चन्दनवारिबाट गोसाईंकुण्ड सम्म १४ किलोमिटर विद्युत लाइन निर्माण गरिएको छ ।विशेष गरी जनैपूणिर्मा मेलालाई लक्षित गरी बिजुली पुर्याइएको प्राधिकरणका प्रमुख भट्टराईले जानकारी दिए । विद्युत पुगेपछि दैनिक कार्यमा सहजता आएसँगै वन तथा वनस्पति संरक्षणमा सहयोग पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार