सामन्तलाई महत्त्व दिने, पुँजीलाई महत्त्व दिने र जनतालाई महत्त्व दिने आधारमा शिक्षा सामान्यतः तीन किसिमको हुन्छ : (१) सामन्तवादी शिक्षा (२) पुँजीवादी शिक्षा र (३) जनवादी शिक्षा ।
सामन्तलाई महत्त्व दिने शिक्षाले सामन्तलाई नै बलियो बनाउँछ । पुँजीवादी शिक्षाले पुँजीपतिलाई बलियो बनाउँछ । जनवादी शिक्षाले जनतालाई बलियो बनाउँछ । शारीरिक, बौद्धिक, आर्थिक हरेक तहमा जनतालाई बलियो बनाउने शिक्षा जनवादी शिक्षा हो ।
सामान्यतः कुनै पनि कुराको थाहा दिनुलिनु शिक्षा हो । शिक्षाले कति कुरा गर्न सिकाउFछ भने कति कुरा नगर्न सिकाउँछ । शिक्षाले हेर्ने आँखा र सोच्ने मनमस्तिष्कलाई खास धारमा ढाल्छ । यसै आधारमा शिक्षालाई कतिले तेस्रो आँखा पनि भन्ने गरेका छन्, थप आँखा पनि भन्ने गरेका छन् । शिक्षा थप आँखा मात्र होइन, थप हातखुट्टा र पखेटा पनि हो । यसै त शिक्षाले आँखा धमिलो पार्ने, हातखुट्टा लुलो पार्ने, पखेटा उम्रनै नदिने काम पनि गर्छ । यो गुण सामन्तवादी शिक्षामा प्रसस्त पाइन्छ । मानिसलाई कस्तो बनाउन शिक्षा दिने भन्ने कुरा सरकारको शिक्षानीति र उद्देश्यबाट निर्धारित हुन्छ । नीति र उद्देश्यकै आधारमा हालसम्म समाजमा तीन किसिमका शिक्षा चिनिएका हुन् ।