बुधबार, कात्तिक १४ गते २०८१

एम्बुलेन्स खरिद कार्यक्रम कार्यान्वयन गर्न प्रदेश सरकारसँग सांसद श्रेष्ठको माग

एम्बुलेन्स खरिद कार्यक्रम कार्यान्वयन गर्न प्रदेश सरकारसँग सांसद श्रेष्ठको माग

अखबार दैनिक
शुक्रबार, साउन ३२ २०८१
  • एम्बुलेन्स खरिद कार्यक्रम कार्यान्वयन गर्न प्रदेश सरकारसँग सांसद श्रेष्ठको माग

    साउन ३२ काठमाडौं । बागमती प्रदेश सभाका सांसद तथा बागमती प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले एम्बुलेन्स खरिद कार्यक्रम कार्यान्वयन गर्न प्रदेश सरकारसँग माग गरेका छन् ।

    images

    सांसद श्रेष्ठले सिन्धुलीको चियाबारी–खुर्कोट सडक खण्ड दुर्घटनाको उच्च जोखिममा रहेको भन्दै दुर्घटनामा परेकाहरुलाई उद्धार तथा उपचारमा सहजता ल्याउनका लागि एम्बुलेन्स खरिद गर्नु आवश्यक रहेको बताए । 

    उनले आफु प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्री हुँदा एम्बुलेन्स खरिदका लागि आर्थिक वर्ष २०८१÷०८२ को बजेटमा रेडक्रस शाखा सिन्धुलीलाई एम्बुलेन्स खरिद गरी सेवा सञ्चालन गर्न ३३ लाख रुपैयाँ बजेट विनियोजन गरेको भन्दै यशाशिघ्र एम्बुलेन्स खरिद कार्यक्रम कार्यान्वयन गर्न आग्रह गरे । 

    उनले बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रीलाई एम्बुलेन्स खरिद कार्यक्रम कार्यान्वयनका लागि ध्यानाकर्षण गराए ।

    सवारी दुर्घटनाका न्युनिकरणका लागि गृहमन्त्रीलाई सुझाव
    सांसद श्रेष्ठले सवारी दुर्घटना न्युनिकरणका लागि अवलम्वन गर्नुपर्ने उपायहरुको सन्दर्भमा संघीय सरकारका गृहमन्त्रीलाई सुझाव समेत दिएका छन् । उनले साँगाभञ्ज्याङ नाका हुँदै उपत्यका प्रवेश गर्ने सवारी साधनका चालकहरूलाई साँगाभञ्ज्याङमै स्पीड चेकिङको बारेमा जानकारी गराउन सुझाव दिएका छन् । त्यस्तै अन्य नाकाहरूको हकमा पनि उपत्यका प्रवेश गर्नु अगावै सवारी चालकहरूलाई जानकारी गराउनुपर्ने उनको भनाई छ ।

    सांसद श्रेष्ठले ट्राफिकले सडक बिचको वा छेउछाउको झाडीमा लुकेर स्पीड चेक गर्न बन्द गर्नुपर्नेमा जोड दिए । त्यसरी चेक गर्दा चालकको मनमा एकप्रकारको त्रास सिर्जना हुने र चालकको ध्यान सवारी साधनमा भन्दा ट्राफिकतिर हुने भएकाले दुर्घटना हुनसक्ने उनले बताए । त्यसैगरी, स्पीड चेकिङका लागि अत्याधुनिक प्रबिधिहरूको प्रयोग गर्नुपर्ने उनले बताए । 

    श्रेष्ठले प्रबिधिको युगमा मानिसलाई ट्राफिकिङ गर्न लगाएर ट्राफिक समस्या समाधान नहुने भन्दै उपत्यकाको ट्राफिक समस्या समाधान नहुनुको कारण प्रबिधिको प्रयोग गर्न नसक्नु भएको बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार