शनिबार, कात्तिक १७ गते २०८१

भदौमा पनि बैंकहरूले ब्याजदर घटाए, कुन बैंकले कति घटाए ?

भदौमा पनि बैंकहरूले ब्याजदर घटाए, कुन बैंकले कति घटाए ?

अखबार दैनिक
शुक्रबार, साउन ३२ २०८१
  • भदौमा पनि बैंकहरूले ब्याजदर घटाए, कुन बैंकले कति घटाए ?

    काठमाडौं । अधिकांश वाणिज्य बैंकहरूले भदौ महिनामा पनि ब्याजदर घटाएका छन् । एनआईसी एशिया बैंकले भदौ १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको छ । बैंकका अनुसार ग्राहकले मुद्दती निक्षेपमा संस्थागततर्फ ६.४१ प्रतिशत र व्यक्तिगततर्फ ७.४१ प्रतिशतसम्म ब्याज प्राप्त गर्नेछन् । यसअघि साउनमा बैंकले संस्थागततर्फ ६.५३ प्रतिशत र व्यक्तिगततर्फ ७.५३ प्रतिशत ब्याजदर तोकेको थियो ।

    images

    त्यस्तै, बैंकले भदौमा साधारण बचत खातामा न्यूनतम ३.४१ प्रतिशतदेखि अधिकतम ५.४१ प्रतिशतसम्म ब्याजदर तोकेको छ । त्यस्तै, सानिमा बैंकले भदौ १ गतेदेखि लागू  मुद्दती निक्षेपमा संस्थागततर्फ ४.९० प्रतिशत र व्यक्तिगततर्फ ६.२० प्रतिशत ब्याज बनाएको छ । यसअघि साउनमा बैंकले संस्थागततर्फ ५.१० प्रतिशत र व्यक्तिगततर्फ ६.४० प्रतिशत ब्याजदर तोकेको थियो । बैंकले साउनमा साधारण बचत खातामा न्यूनतम ३.०५ प्रतिशतदेखि ५.०५ प्रतिशत ब्याजदर कायम गरेको छ । साउनमा ३.०५ प्रतिशतदेखि ६.०५ प्रतिशत ब्याज दिएको थियो । 

    त्यस्तै, नबिल बैंकको भदौ महिना ब्याजदरमा कुनै पनि परिवर्तन गरेको छैन । बैंकले भदौमा मुद्दती खातामा व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर कायम गरेको छ । 

    माछापुच्छ्रे बैंकले भदौका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छैन ।  बैंकले साउनकै ब्याजदरलाई निरन्तरता दिएको छ । मुद्दती निक्षेपमा संस्थागततर्फ ५.२५ प्रतिशत र व्यक्तिगततर्फ ७ प्रतिशत ब्याज दिने बताएको छ । त्यस्तै, बैंकले साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि ५ प्रतिशत ब्याजदर र रेमिट्यान्स बचतमा ६ प्रतिशत तोकेको छ । 

    त्यस्तै, हिमालयन बैंकले भदौ १ गतेदेखि मुद्दती निक्षेपमा संस्थागततर्फ ६ प्रतिशत र व्यक्तिगततर्फ ७ प्रतिशत ब्याज कायम गरेको छ  । साउनमा संस्थागततर्फ ६.५० प्रतिशत र व्यक्तिगततर्फ ७.५० प्रतिशत ब्याज दिँदै आएको थियो ।  बैंकले भदौमा साधारण बचत खातामा न्यूनतम ३.२५० प्रतिशतदेखि ५.२५० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले साउनमा पनि साधारण बचतमा सोही ब्याजदर तोकेको थियो ।

    त्यस्तै, ग्लोबल आईएमई बैंकले भदौम आफ्नो ब्याजदर  मुद्दती निक्षेपमा संस्थागततर्फ ५.२५ प्रतिशत र व्यक्तिगततर्फ ६.२५ प्रतिशतसम्म ब्याज बनाएको छ । बैंकले साधारण बचततर्फ भने ब्याजदर साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि ३.५० प्रतिशत ब्याजदर तोकेको छ । 

    त्यस्तै, नेपाल बैंकले भदौमा  मुद्दती निक्षेपमा संस्थागततर्फ ४ प्रतिशत र व्यक्तिगततर्फ ५।२५ प्रतिशत ब्याजदर कायम गरेको छ । त्यस्तै, रेमिट्यान्स खातामा ६.२५ प्रतिशत ब्याजदर तोकेको छ । साउनमा बैंकले संस्थागततर्फ ४.२५ प्रतिशत, व्यक्तिगततर्फ ६.२५ प्रतिशत र रेमिट्यान्सतर्फ ७.७५ प्रतिशत ब्याज दिएको थियो ।  भदौमा साधारण बचत खाता कर्ताले भने न्यूनतम ३।०१ प्रतिशतदेखि अधिकतम ५.०१ प्रतिशत ब्याजदर पाउने छन ।

    त्यस्तै, लक्ष्मी सनराइज बैंकको भदौ महिनामा मुद्दती निक्षेपमा संस्थागततर्फ ५.५० प्रतिशत र व्यक्तिगततर्फ ६.५० प्रतिशत ब्याजदर दिने भएको छ । बैंकले रेमिट्यान्स खातामा  ७.५० प्रतिशत ब्याज दिने भएको छ । जेठमा भने बैंकले संस्थागततर्फ ६ प्रतिशत र व्यक्तिगततर्फ ७ प्रतिशत ब्याज दिएको थियो ।

    त्यस्तै साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि ५ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले साउनमा साधारण बचतमा ३.०५ प्रतिशतदेखि ५.०५ प्रतिशत ब्याजदर दिएको थियो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले  मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.५० प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याज उपलब्ध गराउने भएको छ । साउनमा बैंकले व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ६ अधिकतम ब्याजदर तोकेको थियो । त्यस्तै रेमिट्यान्सतर्फ ७.५० प्रतिशत ब्याजदर रहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार