शुक्रबार, मंसिर १४ गते २०८१

पूर्व प्रधानमन्त्री दाहाल र बेलायतका राजदूत फेनबिच भेटर्वाता

पूर्व प्रधानमन्त्री दाहाल र बेलायतका राजदूत फेनबिच भेटर्वाता

अखबार दैनिक
शुक्रबार, साउन ३२ २०८१
  • पूर्व प्रधानमन्त्री दाहाल र बेलायतका राजदूत फेनबिच भेटर्वाता

    काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग नेपालका लागि बेलायतका राजदूत रोब फेनले भेटर्वाता गरेका छन् । शुक्रबार बिहान खुमलटारमा भएको भेटमा राजदूत रोबले नेपालले शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय सम्बन्धी विधेयक टुंगोमा पु¥याउन लागेकोमा खुसी व्यक्त गर्दै शान्ति प्रकियाको पूर्णताका निम्ति बेलायत सरकारको पूर्ण सहयोग रहने बताए ।

    images

    भेटमा अध्यक्ष दाहालले नेपालको प्रतिनिधिसभाले पीडितमैत्री न्यायमा जोड दिँदै संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरेको बताउँदै पीडितमैत्री न्याय र सम्मानका लागि आवश्यक पर्ने क्षेत्रमा बेलायत सरकारको सहयोग रहने विश्वास व्यक्त गरे । अध्यक्ष दाहालले गोर्खाजहरूले उठाउँदै आएका सवालहरू बेलायती सरकारबाट सम्बोधन हुने विश्वाससमेत व्यक्त गरे ।

    भेटमा राजदूत फेनले अध्यक्ष दाहालको बलमा शान्ति प्रक्रियाले पूर्णता पाएकोमा बधाई दिँदै नेपालका लागि आवश्यक सहयोगमा बेलायतको सधैं सहयोग रहने बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ