काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । बिहीबार प्रतितोलाको १ लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ९०० रुपैयाँले घटेर १ लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी, आज चाँदीको मूल्य तोलाको १ हजार ७६० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन यसको मूल्य प्रतितोला १ हजार ७४० रुपैयाँ कायम थियो ।