काठमाडौं । कारोबार रकममा कीर्तिमान बनाउँदै सेयर बजार निरन्तर उचाइतर्फ लागेको छ। साताको अन्तिम कारोबारमा बिहिबार बजारमा २९ अर्ब ९५ करोड ८३ लाख रुपैयाँको कीर्तिमानी कारोबार भएको छ । यो कारोबार रकम हालसम्मकै उच्च हो । यसअघि सोमबार कारोबार रकमले २७ अर्ब २४ करोडको उच्च रेकर्ड बनाएको थियो ।
आज बजार ४३.०५ अंकले बढेर ३०००.८१ को बिन्दुमा पुगेर बन्द भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
आज १०५ कम्पनीको मूल्य बढ्दा १३७ को घट्यो भने एकको स्थिर रह्यो । बैंकिङ क्षेत्रको सूचक सबैभन्दा धेरै ५.६५ प्रतिशत बढ्यो भने विकास बैंक १.२८, होटल तथा पर्यटन ०.३२, हाइड्रोपावर ०.७९, लगानी २.६९, निर्जीवन बीमा ०.९४ तथा व्यापार समूह १.८१ प्रतिशत बढे ।