काठमाडौं । राष्ट्रियसभामा नेकपा एमालेका सांसद सोनाम ग्याल्जेन शेर्पाले राष्ट्रिय परिचयपत्रलाई सबै क्षेत्रमा लागु गर्नुपर्ने बताएका छन् । बिहीबार राष्ट्रियसभा उनले यस्तो बताएका हुन् ।
देशमा राष्ट्रिय परिचयपत्रका बारेमा धेरै प्रश्न उठाइने गरेको उनले उल्लेख गरे । उनले सरकारबाट गल्ती, कमजोरी भएको भए त्यसमा सुधार गरेर अघि बढ्नुपर्ने बताए ।
राष्ट्रिय परिचयपत्र लागु गर्दा निश्चित समय तोकिनुपर्नेमा उनले जोड दिए । उनले सामाजिक सुरक्षा भत्तामा हुने अनियमितता पनि राष्ट्रिय परिचयपत्र लागु भएपछि कम हुँदै गएको बताए । राष्ट्रिय परिचयपत्र लागु गराउन सबैले पहलकदमी लिनुपर्ने उनको भनाइ छ ।
सांसद शेर्पाले संविधान संशोधन एउटा प्रक्रियाबाट हुने बताए । उनले शासकले विधिको शासन चलाउनुपर्नेमा जोड दिए ।
__न्युज एजेन्सी नेपाल