राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्रीबाट हटाएका मुकुल ढकाललाई स्पष्टीकरण सोधेको छ । ढकाललाई साधारण सदस्यबाट निष्कासन किन नगर्ने ? भनी जवाफ पठाउन पार्टीले पत्र पठाएको छ । ढकाललाई बुधबार कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले पत्र पठाउँदै २४ घन्टाभित्र स्पष्टीकरण पठाउन भनिएको छ ।