शुक्रबार, मंसिर १४ गते २०८१

सहमतिका साथ प्रभावकारी आयोग बनाउँछौं : प्रधानमन्त्री ओली

सहमतिका साथ प्रभावकारी आयोग बनाउँछौं : प्रधानमन्त्री ओली

अखबार दैनिक
बुधबार, साउन ३० २०८१
  • सहमतिका साथ प्रभावकारी आयोग बनाउँछौं : प्रधानमन्त्री ओली

    साउन ३० काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले टीआरसी विधेयक संसदबाट पास भएपछि सहमतिका साथ आयोगहरु बनाउने बताएका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकलाई सम्बोधन गर्दै ओलीले टीआरसी विधेयकमा सहमति जुट्नु खुसीको विषय भएको बताए ।

    images

    प्रतिनिधिसभाको कानुन समितिले सहमति जुटाएर टीआरसी विधेयक संसदमा पेश गरेको र आजै संसदले पास गर्ने तयारी रहेको भन्दै उनले अगाडि भने, ‘सर्वसम्मतिबाट पीडितमैत्री र कुनै करकापमा नपरी सहमतिका साथ यस दस्तावेज अगाडि बढाएका छौं । यो हामी सबैका लागि खुसीको विषय हो ।’

    ऐन बनिसकेपछि यस अन्तरगतका आयोगहरु निर्माण गर्ने उनले बताए । ऐनले आयोगलाई काम गर्न अनुकलता प्रदान गरेको भन्दै उनले अगाडि भने, ‘सहमतिका साथ प्रभावकारी आयोग बन्ने छन् । त्यसलाई सरकारको तर्फबाट पूराकापूरा सहयोग हुन्छ ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार