काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । मंगलबार तोलामा १ लाख ५० हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार भने सामान्य घटेर तोलामा १ लाख ५० हजार ५०० रुपैयाँ कायम भएको हो । मंगलबार कायम भएको सुनको मूल्य हालसम्मकै उच्च थियो ।
यस्तै बुधबार चाँदीको मूल्य पनि सामान्य घटेको छ । मंगलबार तोलामा १ हजार ७४० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार घटेर तोलामा १ हजार ७३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।