शुक्रबार, मंसिर १४ गते २०८१

एक महिना नबोल्ने व्रत बस्नुहोस् : महामन्त्री गगन थापा

एक महिना नबोल्ने व्रत बस्नुहोस् : महामन्त्री गगन थापा

अखबार दैनिक
मंगलबार, साउन २९ २०८१
  • एक महिना नबोल्ने व्रत बस्नुहोस् : महामन्त्री गगन थापा

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारका मन्त्रीहरूलाई अबको एक महिना नबोली काममा लाग्न सुझाव दिएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा आफ्नो धारणा राख्दै थापाले मन्त्रीहरूले उद्घाटन र भाषण छाडेर जनताका काममा लाग्न अनुरोध गरे । उनले त्यसका लागि कुनै छुट्टै कानुन नचाहिने र संविधान संशोधन पनि गर्न नपर्ने भन्दै मात्र मन्त्रीहरूले इच्छाशक्ति राख्नुपर्ने बताए । 

    images

    ‘अव साउन सकिनै लाग्यो । साउन राम्रो महिना सकियो । तीर्थ व्रत पनि सकिन लाग्यो । भदौ एक महिना हाम्रा माननीय मन्त्री व्रत लिइदिनुस्’, थापाले भने, ‘के व्रत भन्दा नबोल्ने व्रत । उद्घाटन नगर्ने व्रत ।’ उनले अहिले आफूहरू बोल्ने ठाउँमा रहेको र मन्त्रीहरू काम गर्ने ठाउँमा रहेको भन्दै भदौभरि आफूहरू बोल्ने र कामको प्रचार गर्ने बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार