शुक्रबार, मंसिर १४ गते २०८१

१८ देशमा सिफारिस भएका राजदूतविरुद्ध १० दिनभित्र उजुरी दिन आह्वान

१८ देशमा सिफारिस भएका राजदूतविरुद्ध १० दिनभित्र उजुरी दिन आह्वान

अखबार दैनिक
मंगलबार, साउन २९ २०८१
  • १८ देशमा सिफारिस भएका राजदूतविरुद्ध १० दिनभित्र उजुरी दिन आह्वान

    काठमाडौं । सरकारले विभिन्न १८ देशमा सिफारिस भएका राजदूतहरूको बारेमा सार्वजनिक उजुरी आह्वान भएको छ। मंगलबार नयाँ बानेश्वरस्थित शंकर हलमा बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठकले उनीहरूविरुद्ध उजुरी दिन आह्वान गरेको हो। समिति १० दिनको समय राखेर सार्वजनिक उजुरीको आह्वान गर्ने निर्णय भएको हो। 

    images

    सरकारले साउन १५ गते १८ देशका लागि राजदूत सिफारिस गरेको थियो। नेकपा एमालेकी स्थायी समिति सदस्य एवं पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फे दक्षिण कोरियाका लागि राजदूत सिफारिस भएकी छिन्। त्यस्तै भारतका लागि राजदूत सिफारिस भएका शंकर शर्माको पनि पुनः सुनुवाइ हुने भएको छ। प्रस्तावित १८ राजदूतको सूची आइतबार समितिमा सुनुवाइका लागि पुगेको थियो। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार