शनिबार, कात्तिक १७ गते २०८१

सुनको मूल्यले रेकर्ड ब्रेक, आज कतिमा हुदैँछ कारोबार ?

सुनको मूल्यले रेकर्ड ब्रेक, आज कतिमा हुदैँछ कारोबार ?

अखबार दैनिक
मंगलबार, साउन २९ २०८१
  • सुनको मूल्यले रेकर्ड ब्रेक, आज कतिमा हुदैँछ कारोबार ?

    काठमाडाैँ । नेपाली बजारमा मंगलबार सुनको मूल्यले अहिलेसम्मको सबै रेकर्ड ब्रेक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य १ लाख ५० हजार ८०० रुपैयाँ कायम भएको हो । 

    images

    यो मूल्य अहिलेसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि सुनको मूल्य १ लाख ५० हजार रुपैयाँ सम्म कायम भएको थियो ।  सोमबार तोलामा १ लाख ४८ हजार ७०० रुपैयाँ कायम भएको सुनको मूल्य एकै दिन २१ सय रुपैयाँ बढेर रेकर्ड कायम भएको हो । 

    यस्तै चाँदीको मूल्य मंगलबार तोलामा १ हजार ७४० रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार