काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य थप बढेको छ । शुक्रबार प्रतितोला १ लाख ४८ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ७०० रुपैयाँले बढेर १ लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी, आइतबार चाँदीको मूल्य तोलाको १ हजार ७२० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला १ हजार ७२० रुपैयाँ कायम थियो ।