काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य थप बढेको छ । बिहीबार तोलाको १ लाख ४६ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १५ सय रुपैयाँले बढेर १ लाख ४८ हजार १०० रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य तोलाको १ हजार ७३० रुपैयाँमा कायम भएको छ । बिहिबार प्रतितोला १ हजार ६९० रुपैयाँ कायम थियो ।