शनिबार, कात्तिक १७ गते २०८१

नेप्सेमा ६.७० अंकको वृद्धि, २० अर्बको कारोबार

नेप्सेमा ६.७० अंकको वृद्धि, २० अर्बको कारोबार

अखबार दैनिक
बिहीबार , साउन २४ २०८१
  • नेप्सेमा ६.७० अंकको वृद्धि, २० अर्बको कारोबार

    काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा ६.७० अंकको वृद्धि भएको छ । बुधबार १०८ अंकमाथिले बढेको सूचक बिहीबार ०.२४ प्रतिशतले बढ्दै २७६६.३८ विन्दुमा उक्लिएको हो ।

    images

    बिहीबार कारोबारमा समेत सुधार आउँदै २० अर्ब ७ करोड रुपैयाँ बराबरको ५ करोड ९ लाख कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । १०८ अंकमाथिले नेप्से सूचक बढेको बुधबार १७ अर्ब ५९ करोडको कारोबार भएको थियो ।

    बिहीबार सबैभन्दा धेरै शिभम् सिमेन्टको १ अर्ब २० करोड रुपैयाँ बराबरको र हिमालय रिइन्स्योरेन्सको १ अर्ब ७ लाख रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा कारोबार भएको छ । तथापि जम्मा ७९ कम्पनीको सेयर मूल्य बढ्दा बिहीबार १५९ कम्पनीको मूल्य घट्न पुगेछ । ४ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार