काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौरमा हेलिकप्टर दुर्घटना हुनेवित्तिकै आगलागी भएको देखिएको छ । दुर्घटनामा एयरडाइनस्ट्रीको हेलिकप्टर टुक्राटुक्रा भएको छ ।

प्रहरीले घटनास्थलबाट ५ जनाको शव निकालेको बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी विष्णुकुमार केसीले बताएका छन् । उनका अनुसार, मृत्यु हुनेमध्ये ४ जना चिनियाँ नागरिक छन् । एक जना पाइलट नेपाली नागरिक थिए । उनीहरु काठमाडौंबाट रसुवाको स्याफ्रुवेशीका लागि उडेका थिए ।




 
                            
 
 
                                     
                                                     
                                             
                                             
                                             
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                     
                                     
                                     
                                     
                                     
                                    