शुक्रबार, मंसिर १४ गते २०८१

‘कसैले गल्ती गर्‍यो, बद्‍मासी गर्‍यो भने अनुहार हेरिँदैन' : प्रधानमन्त्री ओली

‘कसैले गल्ती गर्‍यो, बद्‍मासी गर्‍यो भने अनुहार हेरिँदैन' : प्रधानमन्त्री ओली

अखबार दैनिक
मंगलबार, साउन २२ २०८१
  • ‘कसैले गल्ती गर्‍यो, बद्‍मासी गर्‍यो भने अनुहार हेरिँदैन' : प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणमा सरकार प्रतिवद्ध रहेको बताएका छन् । भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि राज्य व्यवस्था तथा सुशासन समितिमा मंगलबार भएको छलफलमा भाग लिँदै प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपाली बनाउनुपर्नेमा जोड दिए । यसमा भ्रष्टाचार तगारो भएको भन्दै उनले भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रतिवद्ध रहेको बताए ।

    images

    अहिलेको सरकार प्रतिशोधका लागि होइन । अर्थतन्त्रमा सुधार र विकासमा गति ल्याउनका लागि हो । यसले कसैप्रति आग्रह पूर्वाग्रह राख्ने, अनावश्यक अनुचित झुटा कुरा उचाल्ने वा कसैलाई दुःख दिने काम गर्दैन’, उनले अगाडि भने, ‘कसैले गल्ती गर्‍यो, बद्‍मासी गर्‍यो भने अनुहार हेरिँदैन । 

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार