शुक्रबार, मंसिर १४ गते २०८१

मधेश प्रदेशका मुख्यमन्त्री सिंहले आजको काम आजै गर्न कर्मचारीहरूलाई निर्देशन

मधेश प्रदेशका मुख्यमन्त्री सिंहले आजको काम आजै गर्न कर्मचारीहरूलाई निर्देशन

अखबार दैनिक
मंगलबार, साउन २२ २०८१
  • मधेश प्रदेशका मुख्यमन्त्री सिंहले आजको काम आजै गर्न कर्मचारीहरूलाई निर्देशन

    जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आजको काम आजै गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।मधेशमा कामकाजमा हेलचेक्र्याइँ भइरहेको जनगुनासो बढ्दै जादा मुख्यमन्त्री सिंहले कर्मचारीहरूलाई आफ्नो जिम्मेवारी निर्वाह गर्नको लागि निर्देशन दिएका हुन् ।

    images

    मधेश प्रदेश सरकारको पेफा मुल्यांकन सम्बन्धी प्रारम्भिक कार्यशाला २०८१ लाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले कर्मचारीहरूलाई कार्य सम्पादनमा ध्यान दिन जरुरी रहेको बताए ।

    मधेशको आउटपुट काठमाण्डौले हेरिरहेको छ भन्दै मुख्यमन्त्री सिंहले भने, ‘सरकारले नीति ल्याउने हो । काम भने कर्मचारीले नै गर्ने हो ।’ अर्थ मन्त्रालयले आज मुजेलियामा आयोजना गरेको कार्यशालामा उनले सरकारलाई सफल बनाउने जिम्मा कर्मचारीमा निर्भर रहेकाले यसतर्फ दत्तचित भइ अघि बढ्नको लागि सचिवहरूलाई समेत निर्देशन दिए ।

    मुख्यमन्त्री सिंहले भने, ‘मधेश प्रदेशमा रहेका १२ वटै मन्त्रालयको वेबसाइट अपडेट छैन् । कर्मचारीहरूको सम्पर्क नम्बर लुकाइएको छ । मन्त्रालयका सचिव र सूचना अधिकारीले यसतर्फ गम्भीर भएर अघि बढ्नुपर्छ ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार