शुक्रबार, मंसिर १४ गते २०८१

राष्ट्रपति पौडेलद्वारा तीन जना राज्यमन्त्री नियुक्त

राष्ट्रपति पौडेलद्वारा तीन जना राज्यमन्त्री नियुक्त

अखबार दैनिक
शुक्रबार, साउन १८ २०८१
  • राष्ट्रपति पौडेलद्वारा तीन जना राज्यमन्त्री नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले तीन जनालाई राज्यमन्त्रीमा नियुक्त गरेका छन् । सरकारको सिफारिसका आधारमा उनले शुक्रबार नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीका तीन जना सांसदहरूलाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

    images

    शीतलनिवासका अनुसार राष्ट्रपतिबाट कांग्रेस सांसद पूर्णबहादुर तामाङ र रुपा विक तथा उन्मुक्तिका तर्फबाट सांसद अरुणकुमार चौधरी राज्यमन्त्री नियुक्त भएका छन् । राष्ट्रपतिले तामाङलाई ऊर्जा, जलस्रोत तथा सिंचाइ, विकलाई वन तथा वातावरण र चौधरीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीको जिम्मेवारी तोकेका छन् ।

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएको १९ औं दिनमा रिक्त रहेको राज्यमन्त्रीको कोटालाई पूर्णता दिइएको छ ।

    ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले असार ३१ गते संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । नियुक्तिलगतै ओलीले २२ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए । संविधानतः अब तीन जना राज्यमन्त्रीको मात्र कोटा खाली थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार