आइतबार, मंसिर ९ गते २०८१

बाङ खोलाको बाढीले तीन पुल बगायो

बाङ खोलाको बाढीले तीन पुल बगायो

बुधबार, साउन १६ २०८१
  • बाङ खोलाको बाढीले तीन पुल बगायो

    म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–३, मुनामा बाढीले तीन पुल बगाएको छ । वर्षाका कारण गाउँपालिकाको केन्द्र रहेको मुनास्थित बाङ खोलामा आएको बाढीले एउटा झोलुंगेसहित तीन पुल बगाएको स्थानीय बुद्धिमान शेरपुञ्जाले जानकारी दिए । 

    images

    अत्यधिक वर्षापछि खोला थुनिएको थियो । झोलुंगे पुल बगाएपछि मुनादेखि लुलाङ जाने बाटो पूर्णरूपमा अवरुद्ध भएको छ । बाढीले दरखोला लघुजलविद्युत् आयोजनाको आठवटा पाइपसमेत बगाएको छ । 

    यस्तै, मुनाकै घट्टेखोलामा आएको बाढीले स्थानीय रेशम भण्डारी र धनबहादुर पाण्डेको घरमा क्षति पु¥याएको धवलागिरि–३, मुनाका वडाध्यक्ष देविन्द्र रोकाले जानकारी दिए । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार