शुक्रबार, मंसिर १४ गते २०८१

स्कुल बसको नियमन गर्न सरकारलाई सांसद परियारको ध्यानाकर्षण

स्कुल बसको नियमन गर्न सरकारलाई सांसद परियारको ध्यानाकर्षण

अखबार दैनिक
मंगलबार, साउन १५ २०८१
  • स्कुल बसको नियमन गर्न सरकारलाई सांसद परियारको ध्यानाकर्षण

    काठमाडौं । नेपाली कांग्रेसका सांसद जीवन परियारले स्कुल बसको नियमन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले सोमबार पोखरामा भएको स्कुल बस दुर्घटनाबारे जानकारी गराउँदै स्कुल बस नियमन गर्न आग्रह गरेका हुन । उनले पायक पर्ने स्थानमा विद्यार्थी पढाउनुपर्ने व्यवस्था मिलाउन आवश्यक रहेको बताए । 

    images

    उनले भने,‘सरकारले स्कुल बसबारे विशेष ध्यान दिन आवश्यक छ । काठमाडौँ लगायतका सहरी इलाकामा विद्यार्थीलाई बिहान डेढ घण्टा, बेलुका डेढ घण्टा स्कुल बस चढाउने अवस्था छ । नजिक स्कुल भएपनि महँगा स्कुलमा पढाउन बस चलाउने व्यवस्था छ । विदेशमा जस्तै पायक पर्ने स्थानमा विद्यार्थी पढाउनुपर्ने व्यवस्था गर्न आवश्यक छ ।’

    उनले पुराना बसलाई स्कुल बस बनाइएको बताउँदै त्यसलाई ध्यान दिन र सडकको घुम्तीमा छेकबार नभएकोले पनि दुर्घटना बढेकोले सरकारको ध्यानाकर्षण गराएका छन् ।  

    प्रतिक्रिया दिनुहोस

    थप समाचार