आइतबार, असोज ४ गते २०८३

बेतबाँसका सामग्रीबाट आत्मनिर्भर बन्दै कैलालीकी ललिता चौधरी

बेतबाँसका सामग्रीबाट आत्मनिर्भर बन्दै कैलालीकी ललिता चौधरी

मंगलबार, साउन १५ २०८१
  • बेतबाँसका सामग्रीबाट आत्मनिर्भर बन्दै कैलालीकी ललिता चौधरी

    कैलाली । धनगढी उपमहानगरपालिका-४ उत्तरबेहडीकी ललिता चौधरीले लामो समयदेखि व्यावसायिक रुपमा बेतबाँस हस्तकला उद्यम सञ्चालन गर्दै आएकी छिन् । बेतबाँसबाट विभिन्न सामग्री उत्पादन गर्दै आएकी उनलाई श्रीमान् र परिवारको साथ सहयोग छ ।

    बेतका सामग्री बनाउने उनले अहिलेसम्म कुनै पनि तालिम लिएकी छैनन् । सुरुमा दिदीको काममा सहयोग गर्दै आएकी उनले काम सिकेपछि उद्यम सुरु गरेकी हुन् । विसं २०७५ मङ्सिरमा घरेलु कार्यालय धनगढीमा फार्म दर्ता गरी उनले उद्यम सुरु गरेको हो र उनको घरपरिवारको सम्पूर्ण खर्च धान्ने स्रोत यही बेतबाँस उद्योग बनेको छ । दुई छोरी, एक छोरा, श्रीमान् र आफूसमेत गरी पाँच जनाको उनको परिवार छ ।

    ‘व्यवसाय सुरु गर्दा आर्थिकस्थिति एकदमै कमजोर थियो । फर्म दर्ता गर्न मसँग पैसा थिएन । व्यवसाय गर्नका लागि भतिजासँग रु दुई हजार पाँच सय सापटी मगेकी थिए, सोही रकमबाट टीकापुरको सतिबाट बेतबाँस खरिद गरी व्यवसाय सुरु गरेकी हुँ’ उनले भनिन्, ‘तर अहिले सोही व्यवसायबाट अर्थोपार्जन गरी आत्मनिर्भर बनेको छु, कसैसँग हात फैलाउनु परेको छैन, घरपरिवारको पूरै खर्च यही व्यवसायले धानेको छ ।’

    सुरुका दिनमा बेतबाट निर्माण गरेका सामग्रीले बजार पाउन कठिन भए पनि अहिले भने यसको माग बढ्दै गएको उहाँले सुनाइन् । यही उद्यमबाट छोराछारीलाई धनगढीको राम्रो बोर्डिङ स्कुलमा पढाइरहेको उनले बताइन् । उनले बेतबाट ह्याङगर, फूलदानी, पिर्का, झुलालगायतका सामग्रीको उत्पादन र बिक्री गर्दै आएकी छिन् ।

    ‘धनगढी सुदूरपश्चिम प्रदेशकै व्यापारिक केन्द्र हो, जहाँ कैलाली, कञ्चनपुरलगायत प्रदेशका पहाडी जिल्लाका मानिस आवतजावत गर्ने गर्दछन, व्यावसायिक तथा घरायसी प्रयोजनका लागि उनीहरुले आफ्नो पसलबाट बेतका सामग्री खरिद गरी लाने गरेका छन्’, चौधरीले भनिन् ।

    उनले प्रति ह्याङ्गर रु एक हजार पाँच सय, फूलदानी रु चार सय, कुर्सी तीन हजार, पिर्का रु तीन सयमा बिक्री गर्दै आएकी छिन् ।

    बेतबाँसका विभिन्न सामग्री बेचेर मासिक  ७० हजार  रुपैयाँ बराबरको कारोबार हुने गरेको उनले सुनाइन् । जसमध्ये ३५ देखि ४० प्रतिशत जति फाइदा हुने गरेको उनले बताइन् ।
    रासस

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ