शुक्रबार, मंसिर १४ गते २०८१

सुदूरपश्चिममा सरकार हराएको भन्दै कांग्रेस–एमालेले टर्च बालेर खोजे

सुदूरपश्चिममा सरकार हराएको भन्दै कांग्रेस–एमालेले टर्च बालेर खोजे

अखबार दैनिक
सोमबार, साउन १४ २०८१
  • सुदूरपश्चिममा सरकार हराएको भन्दै कांग्रेस–एमालेले टर्च बालेर खोजे

    धनगढी । सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशनको तेस्रो बैठकमा सरकार पक्ष सहभागी नभएपछि प्रतिपक्षी दलले सांकेतिक विरोध जनाएका छन् ।

    images

    मन्त्रीको अनुपस्थितिमा बैठक चल्न नसक्ने भन्दै सभामुख भीमबहादुर भण्डारीले अनिश्चितकाललाई बैठक स्थगित गरेपछि प्रतिपक्षी दल कांग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले प्रदेश सभा भवन अगाडि टर्च बालेर सरकारको खोजी गरेका हुन् ।

    उनीहरूले मोबाइलको फ्ल्यास लाइट बालेर विरोध जनाएका छन् । एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले प्रदेशका नागरिक बाढी, पहिरो प्रभावित भएका बेला सरकारले प्रदेश सभाको बैठक समेत छलिरहेको भन्दै विरोध गरे ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार