काठमाडौं । पेरिस ओलम्पिक २०२४ मा नेपालका जुडो खेलाडी मनिता श्रेष्ठ प्रधानको यात्रा पहिलो चरणमा नै सकिएको छ ।
च्याम्प–डे–मार्स एरेना म्याट १ मा सोमबार भएको ५७ केजी मुनीको खेलमा नेपालकी मनिता सर्बियाकी मारिका पेरिसिकसँग पराजित भएकी हुन् । मारिकाले मनितालाई १०–० ले हराएको हो ।
यससँगै मनिताले अन्तिम १६ मा आफ्नो स्थान बनाउनबाट पेरिस ओलम्पिकमा मनितासँगै ४ नेपाली खेलाडीको चुनौती समाप्त भइसकेको छ । यसअघि पौडीकी डुवाना लामा, टेबलटेनिसका श्यान्टु श्रेष्ठ र सुटिङकी सुस्मिता नेपाल पहिलो चरणबाटै बाहिरिसकेका छन् ।