शुक्रबार, मंसिर १४ गते २०८१

संसदीय सुनुवाइ समितिले अस्वीकृत गर्ने भएपछि कृष्णमान प्रधानले नाम फिर्ता लिए

संसदीय सुनुवाइ समितिले अस्वीकृत गर्ने भएपछि कृष्णमान प्रधानले नाम फिर्ता लिए

अखबार दैनिक
सोमबार, साउन १४ २०८१
  • संसदीय सुनुवाइ समितिले अस्वीकृत गर्ने भएपछि कृष्णमान प्रधानले नाम फिर्ता लिए

    काठमाडौं । निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानले  संसदीय सुनुवाइ समितिबाट अस्वीकृत हुने भएपछि आफ्नो नाम फिर्ता लिएका छन्। प्रधानले नाम फिर्ता लिएको भन्दै संसदीय सुनुवाइ समितिमा निवेदन दिएका छन्। प्रधानबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बिहान ११ बजे बोलाइएकोमा कुनै पनि सांसद आफ्नो पक्षमा नदेखिएपछि प्रधानले ‘बरु म आफैँ नाम फिर्ता लिन्छु, अस्वीकृत नगरिदिनुहोस्’ भनेर अनुरोध गरेका हुन् । 

    images

    त्यसपछि समितिको बैठक बेलुकी पाँच बजेका लागि सारिएको छ । संवैधानिक परिषद्ले निर्वाचन आयुक्तमा सिफारिस गरेका प्रधानका विरुद्ध संसदीय सुनुवाइ समितिमा यौन हिंसा र दुर्वव्यवहारको उजुरी परेको थियो।

    उजुरीकर्ताले समितिमा आएर प्रधानले आइएनजिओमा जागिर लगाइदिने प्रलोभनमा आफूसँग पटकपटक शारीरिक सम्बन्ध राखेको र आफूले दिएको जाहेरी प्रहरीले नलिएको बताएकी थिइन्।

    ती उजुरीकर्ताले यौन दुर्व्यवहारविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरे पनि एक करोड २५ लाखमा मिलापत्र गरेकी थिइन्।यौन दुर्व्यवहारको मुद्दामा मिलापत्र गरेका प्रधानलाई उच्च नैतिक चरित्र आवश्यक हुने निर्वाचन आयोगमा नियुक्ति गर्न संसदीय सुनुवाइ समितिका सदस्यहरु  एकमत जस्तो भएका थिए । सांसदहरुले उनको नाम अनुमोदन नगर्ने अडान लिएका थिए । 

    सुनुवाइ समितिले प्रधानको उच्च नैतिक चरित्र नदेखिएको भन्दै उनलाई अनुमोदन नगर्ने अवस्था देखा परेपछि प्रधानले नाम फिर्ता लिएका हुन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार